सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनीका दुई सांसद एमालेमै फर्किए

May 3, 20217:43 am

काठमाडौं– सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेश सभाका दुई सांसद एमालेमै फर्किएका छन्।

आइतबार नेकपा (माओवादी केन्द्र)को संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थन गरेका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही एमालेमा फर्किएका हुन्।

उनीहरूले सोमबार विज्ञप्ति निकाल्दै एमाले संसदीय दलप्रति प्रतिबद्ध रहेको बताएका छन्।

‘सूर्य चिन्हबाट निर्वाचित प्रदेश सभा सदस्य भएकाले हामी नेकपा एमाले प्रदेश सभा संसदीय दलप्रति प्रतिबद्ध छौं’, विज्ञप्तिमा भनिएको छ, ‘माननीय कुलप्रसाद केसी समेतकाले सरकार गठनका सन्दर्भमा गरिएको दाबीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटीपूर्ण छ।’

उनीहरूले एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेलप्रति समर्थन रहेको बताएका छन्। श्रीवास्तव, कपिलवस्तु-२ ख र शाही नवलपरासी बर्दघाट सुस्ता पश्चिम-१ ख बाट प्रदेश सभामा निर्वाचित सांसद हुन्।