प्रज्ञा हलमा ताप्लेजुङ साँझ (फाेटाे फिचर)

February 2, 20208:00 am

सुमन न्याैपाने 

काठमाडौं – ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले आयोजना गरेको ताप्लेजुङ साँझ सम्पन्न भएकाे छ ।


संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रि योगेश भट्टराईको प्रमूख आतिथ्यतामा शुक्रवार नेपाल पज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा गायक राजेशपायल राई, चर्चित हाँस्य कलाकार मनोज गजुरेल, मेलिना राई, झुमा लिम्बू, विना भट्टराई, कुसल थलङ, कञ्चन थलङ, पदम राई, मोहन मादेन, विरेन्द्र श्रेष्ठ, तारा थेवे लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए।

कार्यक्रममा ताप्लेजुङका कलाकारहरुका लागि तीन लाखको अक्षय कोषको स्थापना गरिएकाे छ, मन्त्री भट्टराईले उक्त कोष स्थापनाको घोषणा गरेका हुन्।

सांस्कृतिक र सांगीतिक प्रर्वद्धनसँगै पर्यटन वर्ष २०२० लाई समेत मध्यनजर गरेर आयोजना गरिएको कार्यक्रममा च्याब्रुङ नाच, धान नाच, स्याब्रु नाच लगायतका विभिन्न सांस्कृति प्रस्तुति देखाइएको थियो। साथै ताप्लेजुङ झल्कने वृत्तचित्र पनि प्रर्दशन गरिएको थियो।

ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्ता साँवाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संयोजक बलबहादुर तामाङले गरेका थिए भने संगीत संयोजन माधव प्रधान र अशोक राईले गरेका थिए।