गायक सन्तोष बस्न्यातको स्वरमा ‘फ्राइडे नाइट’ सार्वजनिक (भिडियो)

August 27, 20202:18 pm

काठमाडौं – गायक सन्तोष बस्न्यातको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘फ्राइडे नाइट’ बोलको गीतमा राज कुमार बस्नेतको संगीत तथा गायक सन्तोष बस्न्यातको शब्द रचना रहेको छ भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ।
लामो समय बेलायतमा संगीत अध्ययन गरेर फर्केका सन्तोषले हालै नेपाल पर्यटन बोर्डले आयोजना गरेको टुरिजम भिडियो प्रतियोगितामा ‘भिजिट नेपाल’ बोलको गीतबाट दित्तीय स्थान समेत हासिल गर्न सफल भएका थिए।

प्रमेश श्रेष्ठको छायांकन रहेको छ । सौगात मान सिंह बस्नेतको निर्देशन तथा सम्पादन रहेको भिडियोमा बिबेक कर्माचार्य र अभिलाषा शर्मा फिचर्ड छन्। सन्तोषका यस अघि ‘आमा’,बोलको गीत र दुइ वटा कमेडी एल्बम खट्टो पिरो र आइया आथ्था सार्वजनिक भई सकेका छन्। हालै मात्र उनले लीला नामक सांगीतिक एल्बम पनि सार्वजनिक गरेका थिए।