साैगात दिलका ३ गजल !

October 15, 20207:22 am

बा !
जीवन मृत्यु दोसाँध बेहोसी पारामा बा भेटिन सक्छन ।
बृद्वाश्रमको अर्कोभाग दुई चौतारामा बा भेटिन सक्छन ।।

अहिले ढुङ्गा ,मुडा चपाउने आँट गर्छन जवानी दाँतहरु ।
समय ढल्किए पश्चात बुढा बङगारामा बा भेटिन सक्छन ।।

अकालमै छाडी जानुका कारण स्वार्थी भन्नुहोला कतिले ।
इतिहास हेर्नू स्कुल पाटी पौवा धारामा बा भेटिन सक्छन ।।

बा बिना आधा अनाथ त आमा बिना पुरै अनाथ सम्झिनु ।
यो महसुस गरेहुन्छ आमाकै साहारामा बा भेटिन सक्छन ।।

गतिलाे छैन !
हरेकले सोच्नुपर्ने आ–आफ्नै जीवन गतिलो छैन ।
बाच्नु ,मर्नु ,कतिबेला हो? जिन्दगी भरसिलो छैन ।।

जान कति समय लाग्छ गएकाहरुलाई सोध्नुस ।
चढेपछि सगरमाथाबाट ओर्लिन कुनै ढिलो छैन ।।

हजुर आमाले बूढो भयौ बाबू अब बिहे गर भन्दा ।
भन्न मन लाग्छ मेरो त एउटै कपाल सुकिलो छैन ।।

ठुलाबडाकै सब छ ठुलाबडाकै चल्छ सोच्नुभएछ ।
तपाईको बिचार हात्ती हिड्ने बाटोमा कमिलो छैन ।।

पढ्लेख छु योग्यता भईरहँदा बेरोजगार बस्नुपर्यो ।
जागिर खान मात्र नेतासंग मेरो सम्बन्ध दरिलो छैन ।।

बिर्सेर !

धर्तिमै बस्न आउँछ चराले आकाश पातल बिर्सेर ।
के बिगार्छौ कुन्नी तिमिले आफ्नो धरातल बिर्सेर ।।

बाढी आयो क्षती गर्यो आफ्नै बाटो बनाएर गयो ।
एघार बर्ष एघार महिनाको खडेरी पलभरमै बिर्सेर ।।

सबै संग सधै एकनाश हुन नसक्नु कमजोरि थियो ।
हुनुहुन्छ असल बिचार राखेपछी, कमसल बिर्सेर ।।
अधुरा काम पूरा चाहेर,खुशी पार्न मन्दिरमा चडायो ।
जीवन ओइलियो फुलको,गमलामा मलजल बिर्सेर ।।
निभाउन आशुको प्रबाह चल्दै चलेन दनदनी बल्यो ।
डढेलो रोकिएन छातिभित्र पहिरोको दखल बिर्सेर ।।