नौ खेलमा १२ विकेट लिएका सन्दिपकाे उत्कृष्ट प्रर्दशन

September 8, 20203:22 am

ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग सीपीएलमा लेग स्पिनर सन्दीप लामिछानेको प्रदर्शन उत्कृष्ट रहेको छ ।

जमैका तलावाजबाट खेलेका सन्दिपले समूह चरणका सबै खेलमा विकेट लिएका छन् । सीपीएलको समूह चरणको सबै खेलहरु सम्पन्न भएको छ ।

सन्दीपले समूह चरणका खेल सम्पन्न हुँदासम्म नौ खेलमा १२ विकेट लिएका छन् । जमैकाले समूह चरणमा स्तरीय खेल प्रदर्शन गर्न नसके पनि सन्दीपले भने उत्कृष्ट प्रदर्शन गरेका छन् ।

सीपीएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।-