माहामारीमा भोको पेटमा महल्म लगाउनेहरूलाई कृषीमन्त्रीकाे हातबाट सम्मान

October 16, 20203:27 pm

काठमाडौं- कोभिड–१९ का कारण उत्पन्न परिस्थितीमा खानाबाट बञ्चित हुन परेका शहरी श्रमिक र सिमान्तकृत समुदायलाई खाना खुवाएर सहयोगी काम गरेका समाजसेवी तथा अभियान्ताहरूलाई विश्व खाद्य दिवस समिति, नेपालद्वारा सम्मान गरिएको छ । ४०औं विश्व खाद्य दिवसको अवसरमा उक्त सम्मान गरिएको खाद्य दिवस समिति संयोजक उद्धव अधिकारीले जानकारी दिए ।

कार्यक्रममा नेपाल सरकार कृषी तथा पशुपछिं विकास मन्त्री घनश्याम भुसालको हातबाट अभियान्ताहरूलाई सम्मानित गरिएको थियो । सम्मानपछि बोल्दै मन्त्री भुषालले अप्याठ्यारो र असहज परिस्थितीमा भोकाहरूको सारथी भई खाना खुवाएर पवित्र काम गरेको भन्दै अभियान्ताहरूको हौसला समेत बढाएका थिए ।

सम्मानित हुनेमा कोभिड–१९ का कारण उत्पन्न परिस्थितीमा खानाबाट बञ्चित हुनेहरूका लागि खाना खुवाउने अभियानमा सक्रिय नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल, उपाध्यक्ष राधेश्याम खड्का, कोषाध्यक्ष मिरा केसी, संस्थापक सदस्य, अजय अधिकारी शुसिल, हन्ड्रेड (१००) ग्रुव अभियान्ता बब्लु गुप्ता, अंशु यादव, हाम्रो टिम नेपालका अभियान्ता विमल पन्त, नवदुर्गा पार्टी प्यालेसबाट रुपक बानिया, श्रीकृष्ण प्रणामी युवा परिषद्का मातृका प्याकुरेल, समाजसेवी बिनयजंग बस्नेतलगायत रहेका छन् ।

कार्यक्रममा विशेष गरेर महामारीका कारण सृजना हुन पुगेको यस विसम परिस्थितीमा मानवताका लागि अभियान्ताहरूले देखाएको उत्साह, धैर्यता अनि दृढता कायम रहोसभनि हौसला समेत प्रदान गरिएको छ ।