चलचित्र ‘राधे श्याम’को टिजर सार्वजनिक

February 16, 202112:36 pm

 काठमाडाैै–साउथका सुपरस्टार नायक प्रभाष र नायिका पूजा हेग्डेको मुख्य भूमिका रहेको चलचित्र ‘राधे श्याम’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा पूजा र प्रभाषलाई रोमान्टिक अवतारमा देखाइएको छ ।

यस्तै, यो चलचित्रको प्रदर्शन मिति पनि निर्माणपक्षले सार्वजनिक गरेको छ । चलचित्र जुलाई ३० बाट विश्वभर रिलिज हुने पक्का भएको छ ।

यो चलचित्र विभिन्न ४ भाषामा रिलिज हुनेछ । राधा कृष्ण कुमारको निर्देशनमा तयार भएको चलचित्रमा भुषण कुमार, भाम्सी र प्रमोदको लगानी छ ।

नायक प्रभाषको ४ वटा चलचित्र छायांकनका क्रममा छन् । तर, ‘राधे श्याम’ भने यो बर्ष रिलिज हुने पक्का भएको छ । चलचित्र ‘बाहुबली र बाहुबली २’ पछि प्रभाषको क्रेज विश्वभर बढेको छ । यसैले पनि उनका चलचित्रले दर्शकमा उत्साह थप्ने पक्का छ ।