रचना र सराेजकाे    ‘पहिलो पल्ट भेट हुँदा’ सार्वजनिक (भिडियाे)

August 28, 20203:17 am

काठमाडाैं –  गायक सरोज ओली र गायिका रचना रिमालकाे आवाजमा   ‘पहिलो पल्ट भेट हुँदा’ सार्वजनिक भएको छ।

गीतको म्युजिक भिडियोमा कलाकार पल शाह र पूजा शर्माको अभिनय रहेको छ। गायक ओलीले धेरै समयपछि आफ्नो गीतमा पल र पूजाको जोडी बाँधेका हुन्। गज्जब टिभी युट्युब च्यानल मार्फत म्युजिक भिडियो बिहीवार सार्वजनिक भएको छ।

गीतको शब्द प्रमुख निर्वाचन आयुक्त एवं गीतकार दिनेश थपलियाले लेखेका हुन्। संगीत अर्जुन पोख्ररेलको रहेको छ।

म्युजिक भिडियोको एरेन्ज रिकेश गुरुङ, मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ। छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धर, कलर श्याम कुँवरको रहेको छ भने निर्देशन कविराज गहतराजले गरेका छन्।