कविता : “प्याराे एमाले, झलमल्ल सूर्य”

April 14, 20215:01 am

बुद्धिमान परियार

आँधि र हुरी चल्दा

तुफान र बतासले विनास गर्दा

संकट र महाविपतिमा पनि

न आत्तियाै न निरास भयाै

सतिसाल झै ठिङ्ग उभिरह्याैं!

नरकट हाेईनाै

अलिकति हावा चल्दा लमतन्न भई भूईमा ढल्ने,

न एता र उता केराकाे पात झै गर्ने

सहि विचारकाे पक्षमा कटिवद्द बन्ने

सतिसाल झै ठिङ्ग उभि रहने!!

समय साम्य भएछ,

हुरि बतास पनि गएछ

अल्मलिएकाे सूर्य उही ठाँउमा उदाएछ

निदाएकाे एमाले फेरि व्युँउझिएछ

काेही खुशीले गद्गगद् केहिकाे निद हराम भएछ

एमाले अनि सूर्य झलमल्ल उदाएछ!!!