कुशल ‘प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा

May 5, 20219:10 am

काठमाडौं–नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा परेका छन् ।कुशल अप्रिल महिनाको ‘प्लेयर अफ दि मन्थ’ अवार्डका लागि मनोनयनमा परेका हुन् ।

घरेलु भूमिमा भएको त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल अवार्डको मनोनयनमा परेका हुन् ।नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिजमा कुशलले ४ अर्धशतक बनाएका थिए ।

कुशल टी-ट्वान्टीको ब्याटिङ वरीयताको ६१ औं स्थानमा रहेका छन् ।अवार्डका लागि कुशलसँगै पाकिस्तानका बाबर आजम र फखर जमान परेका छन् ।आईसीसीले समर्थकको भोटका आधारमा विजेता चयन गर्नेछ ।