प्रधानमन्त्रीले वोलाए एमाले महाधिवेशन आयोजक समितिको बैठक

April 12, 20219:04 am

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समितिको बैठक बोलाएका छन् । ६ वैशाखमा महाधिवेशन आयोजक समितिको बैठक बोलाइएको एमाले स्रोतले वताएको छ ।

यस बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्नेे बताइएको छ । एमाले अध्यक्ष ओली पक्षीय केन्द्रीय कमिटीका सदस्यहरुको बैठकले एमाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

एमालेको विवाद बढ्दै जाँदा ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर संगठन निर्माण गरिरहेको छ ।