मिलन चाम्सको ‘गोर्खा वारियार २’ अफिसियल घोषणा

March 2, 202110:04 am

काठमाडाैै–फिल्म ‘गोर्खा वरियार २’ निर्माणको औपचारिक घोषणा गरिएको छ । लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुती रहने फिल्ममा चाम्स इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको छ । फिल्मको निर्देशन मिलन चाम्सले गर्नेछन् ।

फिल्म ‘गोर्खा वरियार २’ मा नव प्रस्तुतीका रुपमा रितेश चाम्स रहनेछन् भने रेविका गुरुङ, जिजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर वाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरुप घले, सारा राई लगायत कलाकारहरुको अभिनय रहनेछ । सुदीप बरालको छायाँकन रहने फिल्ममा एलिश कार्कीको संगीत छ । सम्पादन अर्जुन जिसीले गर्नेछन् ।
मिलन चाम्स स्वयम् निर्माता रहेको फिल्म ‘गोर्खा वारियार २’ मा सुरेश राई र पूर्ण लिम्बु सह निर्माताको रुपमा रहेका छन् । फागुनको अन्त्यबाट छायाँकन सुरु हुने फिल्मको लोकेश नेपालको सोलुखुम्बु सहित मलेसिया र बेलायत छानिएको छ ।