अमेरिकामा कोरोनाबाट एकै दिन झण्डै चार हजारले ज्यान गुमाए

January 22, 20213:05 am

काठमाडौं–संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकै दिन झण्डै चार हजारले ज्यान गुमाएका छन् ।

अमेरिकामा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट तीन हजार आठ सय ८० जनाको मृत्यु भएको छ भने एक लाख ७७ हजार चार सय ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैगरी मेक्सिकोमा पछिल्लो २४ घन्टामा एक हजार पाँच सय ३९ जनाले ज्यान गुमाएका छन् भने ब्राजीलमा एक हजार तीन सय ३५ जना, बेलायतमा एक हजार दुई सय ९० जनाले ज्यान गुमाएका छन् ।

जर्मनीमा आठ सय ५५ जना, दक्षिण अफ्रिकामा छ सय ४७ जना, पोल्यान्डमा चार सय १९ जना, कोलम्बियामा तीन सय ९५ जना, इन्डोनेसियामा तीन सय ४६ जनाको मृत्यु भएको छ ।

विश्वभरी पछिल्लो २४ घन्टामा मात्रै १५ हजार आठ सय ८९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने छ लाख ४० हजार चार सय ६१ जना नयाँ संक्रमित थपिएका छन् ।