संवैधानिक इजलासमा न्यायाधीश कार्कीको ठाउँमा मल्ल नियुक्त

January 13, 20216:43 am

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा विघटनविरूद्धका रिटमा सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा न्यायाधीश सपना प्रधान मल्ललाई थप गरेका छन्।

प्रधानन्यायाधीश जबराले न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा मल्ललाई ल्याएका हुन्। न्यायाधीश कार्की केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा महान्यायाधिवक्ता भएको हुँदा अहिलेको विवादमा न्याय निरुपण गर्ने विषयबारे इजलासमा प्रश्न उठेपछि उनले इजलासमा नबस्ने घोषणा गरेका थिए।

प्रतिनिधिसभा विघटनको विरुद्धमा परेका १३ वटा रिटमाथि आज सुनुवाइ हुँदै छ। यसअघि प्रधानन्यायाधीश जबरा तथा न्यायाधीश कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको थियो।