वर्षकै उत्कृष्ट महिला खेलाडी बनिन् गौरिका सिंह

January 12, 20212:20 pm

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा ऐतिहासिक चार स्वर्ण पदक जित्न सफल पौडीकी गौरिका सिंह वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी छिन्। गौरिकाले आजएनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा उत्कृष्ट महिला विधाको अवार्ड जितेकी हुन्।

उनले अवार्ड जित्ने क्रममा १३औं सागमै २ स्वर्ण जितेकी तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ट्रायथलनकी सोनी गुरुङ र करातेकी अनु अधिकारीलाई पछि पारिन् ।

गौरिकाले गत वर्ष नेपालमै सम्पन्न १३ औँ सागमा चार स्वर्णसहित दुई रजत र तीन कांश्य पदक जितेकी थिइन्। उनले सागमा सर्वाधिक स्वर्ण जित्ने दीपक विष्टको कीर्तिमान पनि बराबरी गरेकी थिइन्।

गौरिकाले गत वर्ष नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सहभागी भएको सबै स्पर्धामा स्वर्ण पदक जित्न सफल भएकी थिइन्। गौरिकाले आठौंमा १२ स्वर्ण पदक जितेकी थिइन्।