कसरी बढाउन सकिन्छ रोगप्रतिरोधात्मक क्षमता

January 12, 20215:45 am

काठमाडौं– कोरोना भाइरसले रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसलाई छिटो संकमण गर्ने गर्दछ । बालबालिकामा र बृद्धबृद्धामा बढि देखिएको भए पनि मर्नेको संख्या भने बृद्धबृद्धाको नै बढि छ । अहिले सम्मको तथ्याङ हेर्दा ६० वर्ष भन्दा माथिका बृद्धबृद्धाको मृत्यु बढि भएको छ । उनीहरुमा रोगसँग लड्ने क्षमता कम हुँदै जान्छ । जसकारण भाइरसले छिटो संकमण गर्छ ।

बृद्धबृद्धा मात्रै नभएर क्यान्सरपिडित, मिर्गोला पिडित, मधुमेहका बिरामी साथै पहिलेदेखि नै रोग सँग लड्ने क्षमता कमजोर भएका जो कोहीलाई पनि यसको संकमण छिटो हुने गर्दछ । जसकारण यस्ता मानिसहरुले यसको संकमण हुन नदिन बिशेष ध्यान दिन जरुरी छ ।

प्रतिरोधात्मक क्षमता कसरी बलियो बनाउने ?

प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागती पानी र भिटामिन सि युक्त खानेकुराहरु खाने गनुपर्छ । यसले इन्फेक्सन, फ्लु विरुद्ध लड्ने र प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्दछ ।

एन्टि अक्सिजन बढि भएको खानेकुराहरु जस्तैः फलफुलहरु, भिटामिन ए, सी र इ को मात्रा भएको खानेकुराहरु बढि खाने
साथै नियमित एक्ससाइज गर्नाले पनि रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने गर्दछ ।

प्रतिरक्षा प्रणाली बलियो बनाउन शारीरिक रूपमा स्वस्थ रहन निकै आवश्यक हुन्छ। जसको लागि दैनिक शारीरिक व्यायाम गर्न जरुरी छ ।

आहार र शारीरिक व्यायाम मात्र प्रतिरक्षा प्रणालीमा सुधार गर्न पर्याप्त हुँदैनन् । शरीर जैविक यन्त्र भएकाले यसलाई विश्राम र निद्रा पनि चाहिन्छ।

रचनात्मक वा सिर्जनात्मक बन्न सकेमा पनि रोगसँग लड्न सक्ने क्षमतामा अपत्यारिलो ढङ्गले विकास हुने गर्दछ ।

उच्च मनोबलका कारणले गर्दा प्रतिरोधात्मक क्षमता बलियो भई रोगसँग लड्न सजिलो हुन्छ ।

मदिरा र चुरोट सेवन गर्ने मानिसको तुलनामा नगर्ने मानिसको प्रतिरक्षा प्रणाली बलियो हुन्छ। त्यसैले धूमपान र मद्यपान सेवन गर्नुहुँदैन ।

यो भाइरस शरीरको तापक्रम कम भएका मानिसलाई छिटो संकमण हुन्छ । संकमण बढ्दा प्रतिरोधात्मक क्षमता कम हुने गर्छ । शरीरको तापक्रम बढाउन तातोपानी खान सकिन्छ । साथै बाफ लिएर पनि शरीरको प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।