करिश्माकी छोरीको ‘डेब्यू’ फिल्म माघ १ बाट प्रदर्शन हुने

January 7, 20217:39 am

काठमाडौं– कोरोना महामारीका कारण नौ महिना सिनेमा हल बन्द भए। हल खोले पनि नयाँ चलचित्र नभई पुरानै चलचित्र रिलिज भइरहेका छन्। माघ १ गतेदेखि नयाँ चलचित्र रिलिज हुने भएकाे छ ।

अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर अभिनित चलचित्र  ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउन लागेको हो।

यसअघि फिल्मको शीर्ष गीत सार्वजनिक भइसकेको छ। जसमा कविता र अभिनेता शक्ति श्रेष्ठको रोमान्स देख्न सकिन्थ्यो।

शिव श्रेष्ठको लगानी तथा दीपेश सापकोटाको निर्देशन रहेको यो चलचित्र दर्शक आउने/नआउने यकिन नभएकै बेला रिलिज गर्न लागिएको हो।

चलचित्रमा नायिका प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला र नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको मुख्य भूमिका छ।