
काठमाडौं। आज सुनकाे मूल्य बढेकाे छ । प्रतितोलामा १०० रूपैयाँ बढेको हाे ।
जसअनुसार, आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार १०० रूपैयाँ कायम छ। हिजो छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ थियो।
यसैगरी, आज तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ६०० रूपैयाँ तोकिएको छ।
आज चाँदी प्रतितोला १५ रूपैयाँ बढेर एक हजार २८० रूपैयाँ निर्धारण गरिएको छ।