सोना अमात्य र विवेक सिंह ठकुरीको ‘सोच बेलैमा’ सार्वजनिक (भिडियाे)

April 26, 20213:08 pm

काठमाडौं – गायिका सोना अमात्य र विवेक सिंह ठकुरीको आवजमा रहेको ‘सोच बेलैमा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। सोमबार काठमाडौंमा एक औपचारिक कार्यक्रमकासाथ उक्त गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा शशिविक्रम थापाको शब्द संगीत तथा उदयराज पौडेलको अरेन्ज रहेको छ।
गायिका अमात्यकै अफिसियल युट्युवमार्फत सार्वजनिक गीतको भिडियोमा गायिका अमात्यसहित गोविन्दसिंह विस्ट, गरिमा शर्मा, विवेकसिंह ठकुरीलगायतको अभिनय रहेको छ।
सुरेन्द्र वसेलको कोरियोगा्रफी रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्। भिडियोमा गम्भिर विष्टको निर्देशन तथा नवीन निरौलाको संपादन रहेको छ।
गीत सार्वजनिक गर्दै निमार्ण टिमले एक हप्ता अघि घोषणा गरिएको टिकटक प्रतियोगिताका विजेतालाई पुरस्कृत पनि गरेको छ। सोमबार सार्वजनिक गरिएको गीतका लागि एक हप्ताअघि नै निमार्ण टिमले टिकटक कन्टेन्ट सार्वजनिक गरेको थियो।
पूर्व घोषित कार्यक्रम अनुसार सोमबारको कार्यक्रममा प्रतियोगिताका उत्कृष्ट तीन प्रतिस्पर्धीलाई पुरस्कृत गरीएको हो। जसमध्ये क्रमश प्रथ, द्धितिय, तृतिय, सामरिका ढकाललाई रु ५० हजारसहित एक थान मोवाइल फोन, ट्विनी गर्ल अर्थात् प्रिज्मा–प्रिन्सीलाई रु २० हजार र एक थान मोवाइल फोन तथा तृतिय दिपेश राईलाई रु १० हजारसहित पुरस्कृत गरिएको हो।
१ हजार बढी प्रतिस्पर्धी बाट छानिएका उत्कृष्ट तीन छनोट गरिएको थियो ।