मानसराज र एलिनाको स्वरमा ‘फुल काँडा’ बजारमा (भिडियो)

June 3, 20212:46 pm

काठमाडौं– गायक मानसराज र अहिलेकी चर्चित गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत ‘फुल काँडा’को सार्वजनिक भएको छ ।

गीतको भिडियोमा सुरज पौडेल, आना ढकाल, उत्सव भट्टराई, राजन कुँवरको अभिनय देख्न सकिन्छ । राजु लामाको शब्द रहेको उक्त गीतमा गायक मानसराजले संगीत भरेका छन् ।  उक्त गीतको भिडियोलाई जीतेन न्यौपाने र सागर तामाङको संयुक्त छायांकन रहेको छ ।

गीतको भिडियोलाई डिन्सोन शाहले सम्पादन गरेको हुन भने राजु आर्यले निर्देशन गरेका हुन । उमा भट्टराईको लगानीमा निर्माण भएको गीतलाई फिल स्टुडियोमा रेकर्ड गरिएको हो ।