जयनगरमा नेपाली रेल (फोटोफिचर)

September 18, 20209:01 am

काठमाडौं – कुर्था–जनकपुर–जयनगर रुटमा चल्ने रेल जयनगर आइपुगेको छ। नेपाल–भारत सीमानामा बिहीबार साँझ नै आइसकेको रेल शुक्रबार जयनगरसम्म आइपुगेको हो ।
भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग खरिद सम्झौता गरी ल्याइएको उक्त रेलमा पाँचवटा डिब्बा छन् । एकैपटक १३०० जनाले यात्रा गर्न सक्ने यो रेल नेपालकै स्वामित्वको रेल हो ।

निकै ऊत्साहका साथ रेल ल्याइए पनि कहिलेदेखि चल्छ भन्ने धेरैको चासो छ । रेल ल्याउने बित्तिकै गाडी जसरी चलाउन सकिने यो यातायात नभएको रेल विभागले जनाएको छ ।
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल सञ्चालनको तयारी भइरहेको छ उनि भन्छन् ‘तयारी हुँदैछ, गाडी जस्तो होइन्, भोली नै चलाइहाल्ने, कम्तीमा १ महिनाभित्र चलाउने कोशिस हाम्रो छ ।’
रेल चलाउन जनशक्ति आवश्यक पर्छ । भारतबाट २६ जना प्राविधिक जनशक्ति करारमा ल्याउने भनिएको छ । त्यतिमात्रै होइन्, नेपालका पनि झन्डै २०० जना जनशक्ति करारमा भर्ना गर्नुपर्ने हुन्छ । तर, अहिले १२९ जना जनशक्ति भर्नाका लागि केही दिनअघि मात्रै विज्ञापनमार्फत भर्ना खुलेको छ । रेल चलाउन झन्डै साढे २ सय कर्मचारी आवश्यक पर्छ ।
यी सबै तयारी पूरा नहुन्जेलसम्म रेल चल्ने छैन । भारतबाट ल्याइएको रेलको सुरक्षाका लागि भारतीय पक्षकै सुरक्षाकर्मी नै खटिने रेल विभागले जनाएको छ ।
रेल डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिबाट चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ । सन् २०१४ बाट लिक मर्मतको काम सुरुवात भएको थियो । यसअघि नेपालमा कोइलाबाट चल्ने रेल चल्थ्यो ।