मंगलवार विहान निषेधाज्ञा उल्लङ्घन गर्ने २ सय भन्दा बढी गाडी हाेल्ड

September 8, 20203:17 am

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने २ सय २० गाडी होल्ड भएका छन् । बिहानै निषेधाज्ञा उल्लङ्घन गर्ने १ सय ७४ दुई पाङ्ग्रे र ४६ वटा चारपाङ्ग्रे गाडी होल्ड भएका हुन् ।

हिजो काठमाण्डौ उपत्यकामा ६ सय ५२ वटा गाडीलाई होल्ड गरेर छोडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कोरोना सङ्क्रमण बढेसँगै सरकारले काठमाण्डौ, ललितपुर र भक्तपुरमा भोलिसम्म निषेधाज्ञा लगाएको छ ।

यसैबीच रातो मछिन्द्रनाथको रथका कारण ललितपुरमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । ललितपुरसँग जोडिएका विभिन्न नाकाबाट अत्यावश्यक काम भएकालाई मात्र प्रवेश दिइएको छ । अत्यावश्यक सेवाका गाडीलाई आज पनि डाइभर्सन गरिएको छ ।

ललितपुरको जावलाखेलबाट पुल्चोकतर्फ आउने गाडीलाई अल्कामोडबाट डाइभर्सन गरी सरस्वतीस्थान हुँदै पास गराइएको छ । यस्तै, पुल्चोक हुँदै जाने गाडीलाई बखुण्डोल हुँदै जाने व्यवस्था मिलाइएको छ । अत्यावश्यक सेवाका गाडीलाई नरोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । रातो मच्छिन्द्रनाथको रथ र मीननाथको रथ पुल्चोकको सोह्रखुट्टे पाटीमा राखिएको छ