नेप्से परिसूचक उच्च अंकले वृद्धी, एकैदिन १७ अर्बको सेयर कारोबार

June 3, 202112:42 pm

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उच्च अंकले वृद्धि भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २९ अंक भन्दा धेरैले बढेर बजारमा उल्लास देखिएको छ ।

१ बजेर २७ मिनेट जाँदा नेप्से परिसूचक बढेर २ हजार ८ सय ७५ अंकमा पुगेको थियो । जुन हालसम्मकै उच्च अंक हो । यद्यपि कारोबार समय सकिदासम्म नेप्से परिसूचक  २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ६७ अंकमा पुगेको छ ।

गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेको थियो । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । बिहीबार १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।