केकेआरका दुई खेलाडीमा कोरोना, आईपीएलको सोमबारको खेल रद्द

May 3, 20217:54 am

काठमाडाैं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोरोना प्रवेश गरेको छ। कोलकाता नाइट राइडर्स (केकेआर)का दुई खेलाडी संक्रमित भएका छन्।

खेलाडीमा संक्रमण पुष्टि भएपछि सोमबार हुने रोयल च्यालेन्जर्स बेंग्लोरसँग तय गरिएको खेल रद्द गरिएको छ। यो खेल अहमदाबादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुन लागेको थियो।

क्रिकेटसम्बन्धी वेबसाइट ईएसपीएन क्रिकइन्फोका अनुसार वरुण चक्रवर्ती र सन्दीप वारियर्सलाई संक्रमण भएको आईपीएएलको नियमअनुसार दुवै खेलाडीलाई बायोबलमा राखिएको थियो।

यसअघि कोलकाता नाइट राइडर्सकै नितीश राणा, आरसीबीका देवदत्त पडिक्कल, दिल्ली क्यापिटल्सका अक्षर पटेल, एनरिच नोर्खिया र डेनियल स्याम्स संक्रमित भएका थिए।

दिल्लीलगायत ६ ठाउँमा आईपीएल भइरहेको छ। खेलाडीहरु एक ठाउँबाट अर्कोमा जाने क्रममा संक्रमित भएको हुनसक्ने बताइएको छ।