अक्सिजनको कमि देखिएपछि मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

May 5, 20217:54 am

काठमाडौं- अस्पतालबाट डिस्चार्ज भएर गइसके पनि स्वास्थ्यमा पुनः समस्या देखिएपछि कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन्। अहिले श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य भए पनि कोरोना भाइरसको रिपोर्ट भने पाेजेटिभ नै आएको अर्का कलाकार हरिवंश आचार्यले जानकारी दिए।
‘मदन दाइको अक्सिजन लेबल अलि घटेर कमजोरीपना देखिएको थियो। सुरक्षित हुन्छ भनेर उहाँलाई तीन दिनअघि  अस्पताल भर्ना गरिएको हो,’ आचार्यले भने। वैशाख ६ गते श्रेष्ठसहित उनका परिवारका ५ जनालाई संक्रमण पुष्टि भएको थियो। मदनकृष्णको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
गत शुक्रवारमात्रै डिस्चार्च भएका मदनकृष्णको स्वास्थ्य अवस्था फेरि बिग्रिएपछि उनलाई पुनः मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारीक स्रोतको भनाइ छ।