लकडाउन ३२ जेठसम्म लम्ब्याउने मन्त्रिपरिषदकाे निर्णय

May 30, 20204:09 pm

काठमाडौँ- सरकारले नेपालमा जारी लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप १२ दिन लम्ब्याउने निर्णय गरेको हो।

त्यस्तै,  अन्तर्राष्ट्रिय उडान असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए।