गीतकार अच्युत नेपालको ‘के हो पहिचान’ सार्वजनिक (भिडियो)

October 2, 202010:59 am

काठमाडाैं-  गीतकार अच्युत नेपालको नयाँ गीत ‘के हो पहिचान’ को लिरिकल भिडियो सार्वजनिक भएको छ। डिबी खड्काको संगीत रहेको उक्त गीतमा गायिका स्मृती शाहीको आवाज सुन्न सकिन्छ।

आज सार्वजनिक गीतमा साहस शाख्यको एरेन्ज रहेको छ भने दिप्शिका नेपालको कन्सेप्ट रहेको छ।

गीतको भिडियोलाई मनोज न्यौपानेले सम्पादन गरेका छन् । हेमन्ता नेपाल अधिकारीले निर्माण गरेको उक्त गीतलाई सम्पुर्ण निश्वार्थ आमाहरुको लागी अर्पण गरिएको छ।

गीतको भडियोलाई सिपा नेपाल इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।