कर्णाली सरकारमा कांग्रेसको सहभागिता, दुई मन्त्रीले लिए सपथ

June 6, 202112:00 pm

काठमाडाैं-  कर्णालीमा थपिएका दुई मन्त्रीले सपथ लिएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसका दुई प्रदेश सांसदलाई सरकारमा सहभागि गराएका हुन्।

सरकारमा दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिएका हुन्।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराएका छन् ।

कर्णालीमा कांग्रेस सरकारमा सहभागि हुने यस अघिनै टुंगो भएपनि भागवन्डा नमिलेकाले गठन हुन सकेकाे थिएन  ।