छायांकनकाे टुंगाे विना नै चलचित्र ‘कबड्डी ४’को शुभसाइत सम्पन्न

April 25, 20214:52 am

चलचित्र ‘कबड्डी ४’को शुभसाइत सम्पन्न भएको छ । शनिबार नक्सालस्थित भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गरेर चलचित्रको शुभसाइत गरिएको हो।

तर, चलचित्रको छायांकन भने कहिलेबाट सुरु हुने हाे त्यसकाे कुनै टुंगाे छैन। देशमा लकडाउन नभएको खण्डमा वैशाख १५ गतेबाट छायांकन सुरु गर्ने योजनामा निर्माणपक्ष रहेको छ।

चलचित्रको शुभसाइत समारोहमा फिल्मका कलाकार, प्राविधिक, निर्माता, निर्देशक सहभागी थिए। चलचित्रमा नायक दयाहाङ राई, सौगात मल्ल, वुद्दि तामाङ, बिजय बराल, मिरुना मगर, गौमाया गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ।

बासुुरी फिल्मस्को ब्यानरमा निर्माण हुने यो चलचित्रमा रामबाबु गुरुङको निर्देशन रहनेछ । निर्देशकले यो चलचित्रलाई ‘कबड्डी सिरिज’को अन्तिम खेल भनेका छन् ।

चलचित्रमा मणीराम पोखरेल, अर्जुन कार्की, ओमचन्द्र रौनियारको लगानी रहनेछ । चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डी कार्कीको छायांकन, कालिप्रसाद बाँस्कोटाको संगीत रहनेछ ।