संसद विघटनविरूद्ध जसपाको विद्यार्थी संगठनले गर्‍यो विरोध

December 25, 202011:03 am

काठमाडौं–जनता समाजवादी पार्टी नेपालको विद्यार्थी संगठनले प्रधानमन्त्रीको केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकाले त्यसका विरूद्ध विरोध प्रदर्शन गरेको छ।

शनिबार बबरमहल-माइतिघरमा उक्त संगठनका कार्यकर्ताले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै प्रदर्शन गरेका हुन्।

प्रतिनिधि सभा विघटनको विरूद्धमा पछिल्ला केही दिनयता चर्को विरोध भइरहेको छ।