दिवेश अमेरिकन आइडलको शीर्ष सातमा प्रवेश

May 3, 20218:09 am

काठमाडौं–नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष सातमा पुगेका छन्। उनले कोको फिल्मको रिमेम्बर मी बोलको गीत गाएर शीर्ष सातमा प्रवेश गरेका हुन्।

निर्णायकहरूले उक्त प्रस्तुतिलाई आजसम्मकै उत्कृष्ट भएको प्रतिक्रिया दिए। उनी देशभरको ‘लाइभ भोट’ को आधारमा उनी शीर्ष सातमा प्रवेश गरेका हुन् ।

अर्थर गन उपनामले चिनिएका दिवेश यसअघि गत वर्षको सिजनमा फाइनलसम्म पुगेका थिए।