प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठक शुरु, चार एजेन्डामाथि छलफल

March 3, 20219:53 am

काठमाडौं–नेकपाको प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठक शुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक भर्खरै शुरु भएको हो।

बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्य स्वर्गीय डाचाराम वाग्लेको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्नेदेखि सर्वोच्च अदालतको फैसलाको समीक्षा, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलगायतलाई अनुशासनको कारबाही र अबको राजनीतिक घटनाक्रममाथि छलफल गर्ने एजेन्डा रहेको केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले बताए।

सोमबार बसेको सचिवालय बैठकले निर्णय गरेअनुसार केन्द्रीय कमिटी बैठक बसेको हो।