सुनको भाउ आजपनि घट्याे…

August 17, 20208:49 am

काठमाडौं – सुनको भाउ तोलामा दुई सय रुपैयाँले सस्तिएको छ । सोमबारकालागि छापावल सुनको प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको भाउ ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबारका लागि तेजावी सुनको भाउ ९७ हजार ७ सय तोकिएको छ । चाँदीको प्रतितोला मूल्य अघल्लो  दिनको तुलनामा दश रुपैयाँले सस्तिएको छ ।

चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा मूल्यमा देखिएको उतार चढाबकाकारण मूल्य तलमाथी भईरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।