संगीतकार सिटौलाको ‘घुम्न जाऊँ न’ मा सराेज र आश्माकाे अभिनय

May 4, 20213:30 am

 काठमाडाैं- संगीतकार राम सिटौलाको शब्द तथा संगीतमा रहेको नयाँ गीत ‘घुम्न जाऊँ न’ सार्वजनकि भएको छ। गीत सार्वजनिक भएसँगै दर्शक स्रोताले निकै मन पराएका छन्। जसले, गीत यतिबेला ट्रेन्डिङमा रहेको छ।

गीतमा शैलेन्द्र मुडभरीको स्वर रहेको छ । विश्व अधिकारीको संगीत संयोजन रहेको छ भने विप्लव अधिकारीले मिक्सिङ गरेका छन्।

गीतको म्यूजिक भिडियोलाई कार्टुन क्रुजले निर्माण गरेको छ । भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ ।

भिडियोलाई सरोज अधिकारीले नै सम्पादन गरेका छन् भने निर्देशन तथा भिडियो कन्सेप्ट सरोज अधिकारीको नै रहेको छ ।