भारतमा एकैदिन ६२ हजार बढी कोरोना भाइरसका संक्रमित

March 27, 20214:45 am

काठमाडौं– संक्रमणदर पुनः उच्च बन्दै गएको भारतमा एकै दिन ६२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। त्यहाँ गत २४ घण्टाभित्र थप ६२ हजार २९१ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा कोरोना संक्रमणका कारण २९२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख गरिएको छ।

पछिल्लो तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या एक करोड १९ लाख आठ हजार ३७३ पुगेको छ। त्यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६१ हजार २७५ पुगेको छ।

भारतमा अहिले चार लाख ५४ हजार २४९ कोरोनाका सक्रिय संक्रमित रहेका छन्। तीमध्ये आठ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

भारतमा कोरोना संक्रमित भएकामध्ये एक करोड १२ लाख ९२ हजार ८४९ जना कोरोनामुक्त भइसकेका छन्।