६६३६ जना संक्रमण मुक्त हुँदा ३४७९ जना संक्रमित, ९९ जनाकाे मृत्यु

June 6, 202112:46 pm

काठमाडाैं-  पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा  ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। वितेकाे २४ घण्टाकाे अवधिमा थप ६६३६ जना निको भएका छन् भने थप ९९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।