थप १०५ जनामा कोरोना संक्रमण पुष्टि

February 16, 202112:42 pm

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ३६० जनाको नमुना परीक्षण गर्दा ४० जना महिला र ६५ जना पुरुष गरी कुल १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७२ हजार ९४५ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६९ हजार ३०३ जना संक्रमणमुक्त भएका छन् भने कुल २०५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १ हजार ५८७ जना सक्रिया संक्रमित रहेका छन् । जसमध्ये ९७६ जना होम आइसोलेसनमा, ६३ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।