पछिल्लो २४ घण्टामा ८ संक्रमितको मृत्यु, मृतकको संख्या १८१६ पुग्यो

December 25, 202010:59 am

काठमाडौं–नेपालमा शुक्रबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार ५ जना संक्रमितको मृत्यु भएको थियो।

शुक्रबार एकैदिन ६०८ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ९२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार १४२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३९२ पुगेको छ। हाल ३६९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।