कोरोनाका कारण विदेशमा यो साता थप १० नेपालीको मृत्यु

May 3, 20218:12 am

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यो साता विदेशमा थप १० जना नेपालीको कोरोना संक्रमणको कारण मृत्यु भएको जनाएको छ।

एनआरएनएका अनुसार हालसम्म विश्वका २१ देशमा कोरोना संक्रमणका कारण ३ सय ८२ जना नेपालीको मृत्यु भइसकेको छ।

यो साता भारत र खाडी राष्ट्रमा कोरोनाका कारण नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ।