भारतमा मात्र कोरोनाका कारण ७१ जना नेपालीले ज्यान गुमाए

May 3, 20218:02 am

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भारतमा मात्रै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको जनाएको छ।

यो साता मात्र भारतमा कोरोना संक्रमण भई १० नेपालीको मृत्यु भएको छ।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार भारतमा २० हजारभन्दा बढी नेपालीलाई कोरोना संक्रमण भइसकेको। तीमध्ये १७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन्।