कप्तान लियोनल मेस्सी काेपाका सर्वोत्कृष्ट खेलाडी, र्जेन्टिनाकै‍ मार्टिनेज सर्वोत्कृष्ट गोलकिपर

July 11, 20215:33 am

काठमाडाैं- अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

माराकाना स्टेडियममा आइतबार बिहान घरेलु टिम ब्राजिललाई १-० ले हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो । यस्तै मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।

मेस्सीले प्रतियोगितान ७ खेल खेल्दै ४ गोल गरे । उनले ५ असिस्ट समेत गरेका थिए ।

मेस्सीले कोलम्बियाका लुइस डियाजलाई पछि पार्दै सर्वाधिक गोलकर्ता बनेका हुन् । डियाजले ५ खेलमा ४ गोल गरे थिए। ३४ वर्षीय मेस्सीको यस उपाधि पहिलो अन्तराष्ट्रिय उपाधि समेत हो ।

मेस्सी प्रतियोगितामा सर्वाधिक धेरै प्लेयर अफ दि म्याच पाउने खेलाडी पनि हुन्। अर्जेन्टिनाका एन्जल डी मारिया फाइनल खेलको प्लेयर अफ दि म्याच चुनिए । उनले ब्राजिलविरुद्ध २२ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

यस प्रतियाेगितामा अर्जेन्टिनाका इमिलियानो मार्टिनेज सर्वोत्कृष्ट गोलकिपर चुनिए ।