हाँस्य कलाकार हरिबंष आचार्य र उनकी पत्नि रमिलालाई काेराेना संक्रमण

October 6, 202012:15 pm

काठमाडौं – बरिष्ठ हाँस्य कलाकार हरिबंष आचार्य दम्पतिलाई कोरोना संक्रमण भएको छ। आफुहरुलाई कोरोना संक्रमण भएको कुरा हरिबंषले सामाजीक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन्। उनलाई र उनकि श्रीमति रमिला आचाईलाई कोरोना संक्रमण भएको कुरा जानकारी गराएका छन्।
उनले आफ्नो सम्र्पकमा आएका व्यक्तिहरुलाई होम आइसोलेसनमा बस्न र कोरोना परिक्षणको लागी आग्रह गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन् “सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर टेष्ट गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो,  हाम्रो स्वास्थ्य अवस्था सामान्य छ, हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला ।यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं ्र कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।”
कलाकार आचार्यले सबैलाइ सुरक्षीत रहन समेत आग्रह गरेका छन् ।

नेपाल  विषेकाे तर्फबाट उहाँहरुलाई स्वास्थ्य लाभकाे कामना ।