वौद्ध टाउन प्लानिङमा होलसेल तरकारी पसल सञ्चालनमा

October 3, 20201:26 pm

 

काठमाडाैं-  चीनको वुहान शहारबाट सुरु भएको कोरोना भाइरसका कारण विश्व यतिखेर तहस नहस भएको छ । कोरोनाका कारण नेपालमा पनि विगत लामो समयबाट लकडाउन गरिएको थियो । लकडाउनका कारण जनजीवन प्रभाबित भयो। अर्थतन्त्रमा सवै भन्दा धेरै नोक्सानि भयो ।

लकडाउनका कारण आयात निर्यात ठप्प हुँदा बजार भाउ छोइ नसक्नु भएको छ । दशैँ नजिकिदै गर्दा सर्वसाधारणको जनजीवनलाई सहज बनाउनको लागी वौद्ध टाउन प्लानिङमा सयुक्त होलसेल तरकारी तथा डेरी सञ्चालनमा आएको छ। ७ जनाको लगानी रहेको उक्त होलसेल बजारमा कालीमाटी तरकारी तथा फलफुल बजारकै भाउमा सर्वसाधरणलाई सेवा सुविधा उपलब्ध गराइने सञ्चालक उद्धव वाग्ले बताउछन्।

वाग्लेका अनुसार होलसेल बजारमा दुग्धजन्य समाग्री,लत्ताकपडा, फलफुल वितरण सुरु गरिएको छ। हिजो असोज १५ गतेबाट सञ्चालनमा आएको उक्त होलसेल बजार करिव २ करोडको लगानिमा सञ्चालकमा ल्याइएको छ।
उद्धव वाग्ले,अर्जुन घिमिरे,द्वारीका पौडेल,संगम पौडेल,सोमनाथ दाहाल,पर्वत उप्रति र केशव केसीको सयुक्त लगानि रहेको यो सयुक्त बजारले वौद्ध टाउन प्लानिङमा बसोबास गर्ने सम्पुर्णलाई तरकारी तथा फलफुल किनमेलको लागी टाढा जानु पर्ने झन्झटबाट मुक्त हुनेछन्।

 

 

 

]