घनश्याम पथिकको उपन्यास ‘छुई’ बजारमा

April 10, 20213:26 pm


काठमाडौं-
साहित्यकार घनश्याम पथिकको उपन्यास ‘छुई’ विमोचन गरिएको छ। शनिबार काठमाडौंकोमण्डला नाटकघरमा एक कार्यक्रमको आयोजनाका साथ उक्त पुस्तक विमोचन गरिएको हो।

उक्त पुस्तक हाँस्य कलाकार मनोज गजुरेल, अभेनेत्री ऋचा शर्मा र पूर्व मिस नेपाल शृङ्खला खतिवडाले संयुक्त रुपमा विमोचन गरिएको हो।

महिनावारी अर्थात् रजस्वलालाई केन्द्र बनाएर लेखिएको ‘छुई’मा रजस्वलाको पीडा र रजस्वलाप्रति नेपाली समाजको चाल–चलनलाई वर्णन गरिएको छ। लेखक पथिकले यसअघि ‘युनिका’ उपन्यास बजारमा ल्याई सकेका छन्।

पुस्तक विमोचन कार्यक्रममा हास्य कलाकार गजुरेलको सहजीकरणमा ‘छुई’ अर्थात् महिनावारीका सम्बन्धमा छोटो अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिएको थियो। अन्तरक्रियामा शृङ्खला खतिवडा र ऋचा शर्माले आ–आफ्नो पहिलो रजस्वला अनुभव, समाजको दृष्टीकोण र परिवतित् समाजले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा धारणा राखेका थिए।

शिखा बुक्सले प्रकाशन गरेको यस उपन्यासलाई बजारको मूल्य रू. ४२५ तोकिएको छ।

भिडियाे हेर्नुहाेस्