उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

August 28, 20207:38 am

काठमाडौं – उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार उनले आफ्नो ट्वीटरमार्फत पिसिआर परिक्षण गर्दा आफूलाई कोरोना पोजिटिभ भएको खुलासा गरेका छन् ।

उनले आफूलाई कोरोना संक्रमणको लक्षण भने नदेखिएको बताएका छन् । आज बिहान कोरोनाको पोजिटिभ नतिजा आएपछि आफू आइसोलेशनमा बसेको उनले जनाएका छन् ।