बैंकिङ कसुरमा महर्जन पक्राउ

April 6, 20212:47 am

 काठमाडौँ। बैंकिङ कसुरलाई अहिले गृह प्रशासनले थप कडाईका साथ कारवाही गर्न थालेको छ। बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशले दोषी ठहर गरीसके पछि रत्नकाजी महर्जन बिरामीको नाटक गरेर अक्सिजनको माक्स लगाई बसे, तर उनको त्यो नाटक धेरै वेर टिक्न सकेन। उक्त व्यक्तिलाई हिजो सोमबार पक्राउ गरी कारागार चलान गरेको छ । वज्र होटेलका कर्मचारी समेत रहेका काठमाडौं महानगरपालिका, वडा न. १५ चौमति बस्ने रत्नकाजी महर्जन उच्च अदालतले मिति २०७७ फल्गुन २३ गतेको ईजलासले महर्जन २ वर्ष कैदको सजाय सुनायो र पक्राउ पुर्जी जारि गरेको थियो, सोहि दिन देखि बिरामी भएको नाटक गरेर बसेका थिए। २ महिना पछि हिजो मिति २०७७ चैत्र २३ गते उनकै निवासवाट प्रहरीले पक्राउ गरे।

उनले आवर मोटर्स प्रा. लि. लाई १० लाखको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको चेक काटी दिएका थिए । पटक पटक सम्झाउँदा पनि आफुले दिनु पर्ने रकम नदिएपछि पिडित पक्ष वाध्य भएर कानुनको साहारा लिनु परको बताउछन् आवर मोटर्स प्रा. लि.का संचालक वाबुराजा महर्जन ।