अनमाेललाई दुर्गेशकाे टक्कर ! (भिडियाे)

September 29, 20208:12 am

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ मा अहिलेका चर्चित गायक तथा मोडल दुर्गेश थापाको प्रवेश भएको छ । आइतवार निर्देशक तथा अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाले उनीसँग गायक र कलाकारको रुपमा सम्झौता गरेका हुन्

भिडियाेमा हेर्नुहाेस ।

गायक थापाको फिल्ममा अभिनयसँगै एक गीतमा आवाज रहने निर्माता थापाले जानकारी दिए । तर, फिल्ममा दुर्गेशले निर्वाह गर्न लागेको भूमिका भने खुलाइएको छैन । कथाको माग अनुसार फिल्ममा उनलाई अनुबन्ध गरेको निर्माता थापाको भनाई छ । दुर्गेशले गाउने गीत केही दिनमा रेकर्डिङ हुनेछ । उनले ‘ए मेरो हजुर ४’ मा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।