के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो ? – नायिका बर्षा शिवाकाेटी

June 7, 20218:45 am

काठमाडौं – नायिका बर्षा शिवाकोटीले के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो ? भन्दै प्रश्न गरेकी छन् ।

नायिका शिवाकोटीले आफ्नो समाजीक सञ्जाल फेसबुकमा एक स्ट्याटस सविता भण्डारी प्रकरण र राउटे युवति प्रकरणलाई युट्युव तथा टिकटकमा मनोरञ्जनका रुपमा लिनु संवेदनशिल भएको भन्दै आक्रेश पोखेकी छन् उनले आफ्नो पक्षबाट जति सकिन्छ त्यति मात्रै गर्न पनि अपिल गरेकी छन् यस्ता विषयलाई मजाक बनाईनु राम्रो नभएको र सकिन्छ भने राज्यलाई दबाव दिने काम गर्न र सकिदैन भने यस्ता विषयमाथि संवेदनशिल हुन समेत उनको आग्रह छ ।

उनले लेखेकी छन् –
के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो?
‘अहिले पछिल्लो समयमा सार्वजनिक दुई घटनाले त्यस्तै देखाउँछन्। आफ्नै बुबा समानका ससुराबाट यौन उत्पिडन व्यहोरेर शंकास्पद मृत्युवरण गरेकी सविता भण्डारी र राउटे युवती बलात्कृत भएका घटनाले हाम्रो समाजको विकृत पक्षलाई उजागर गर्छन्। न्याय दिने निकाय किन यस्ता घटनामा क्वीक एक्सनमा उत्रदैनन? यस्तो कारूणिक घटनालाई मसला बनाएर युट्युबरहरू संवेदनशील विषयमा चर्तिकला देखाइरहेका छन्। राज्यको न्याय प्रशासन भन्दा युट्युबरहरूको अपरेसन प्रभावकारी हुनु भनेको न्याय मर्नु नै हो। अझ रमाइलोको हिसाबले टिकटकमा लिपसिंकको होडबाजी छ। घटना संवेदनशील छन्, त्यसैले मेरो विनम्र अनुरोध छ, यस्ता घटनालाई मजाकको विषय नबनाऔं। सक्छौँ भनें, हामी सबै मिलेर राज्यलाई दबाब सृजना गरौं। व्यक्ति कसैले कसैलाई सजाय दण्ड दिन सक्दैन, त्यसका निम्ति हाम्रो न्याय प्रशासनलाई मजबुत बनाउन हामी सबैले प्रभावकारी सहयोग र दबाब दिनु राम्रो हुन्छ। युट्युब र टिकटकमा राखिएका भिडियोले सम्बन्धित परिवारलाई कति पिडा होला ख्याल गरौं।’