कविता: भ्रम स्विकार्न सकिन्न…

January 23, 202110:02 am

बुद्धिमान परियार |

शिर माथि सूर्य बोकी
दह्रो सँग मुठ्ठी कसी
मेची–काली दौडिरहेका छौं
सत्य कुरा जनतालाई बताउँदछौ !!

 

भ्रम फैलाउने ती पाखण्डहरुले
न धरहरा ठडिएको देखे, न रेलको आवाज नै सुने
न चिटिक्क सिंगारिएको रानी पोखरी देखे
न काठमाडौंका रंगिएमा सडकहरु नै
लाचार भएर ती लाचारिहरुले प्रधानमन्त्री लाई
कुर्सिबाट हटाउने सपना मात्र देखिरहे !!

 

नैतिक धरातल नभएकाहरुलाई
मुलुक सुरुङ युगमा प्रबेश गरेको के थाहा
अनि हुलाकी राजमार्ग, पूर्बपश्चिम राजमार्ग
फास्ट ट्रयाक मेचीमहाकाली मदन भण्डारी राजमार्गले लिएको तीब्रता,
देखेनन् आँखा हुने दृष्टि विहिनहरुले
सोचेनन् मनमा सत्य होईन, पाप बोक्ने पापीहरुले
खलनायक भएर प्रधानमन्त्री लाई कुर्सीबाट
हटाउन षडयन्त्रको जालो मात्र बुनिरहे !!

 

सरकारका कामको फेयरिस्त पल्टाउन नसक्ने,
राष्ट्रियताको सवाल होस् या जनजिविकाको नै,
समृद्धिको बिहानी किरणलाई कालो बादलले
छोप्न खोज्ने दूषित मनसायका खानीहरुले
आफ्नै प्रधानमन्त्रीलाई अविस्वासको प्रस्ताव,
राष्ट्रपतिमाथि महाअभियोग लगाउने,
संसदलाई अस्तव्यस्त बनाउने र खरिद बिक्री
अपहरण जस्ता फोहोरी खेल खेल्ने,
संसदलाई चलखेलको क्रीडा स्थल बनाउने !!

 

संवैधानिक ‘कु’ गर्ने योजनालाई बिफल बनाई
ताजा जनादेशको लागि जनतासँग जाने
संविधानको मर्म र मान्यतालाई शिरोपर राखी
प्रधानमन्त्रीले चालेको कदम लोकतान्त्रि अभ्यासको उच्चतम् प्रयोग होईन भनेर भन्न सकिन्न,
आसक्तहरुको अनेकौं भ्रम र छलछामलाई स्वीकार्न सकिन्न !!