नेपालमा थप १० जनामा काेराेना संक्रमण, कुल संक्रमित १२० पुग्याे

May 11, 20203:51 am

काठमाडौँ– नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार थप १० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

नयाँ संक्रमित सबै कपिलवस्तुका हुन् । यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका–७ र १० का १८, १९, २०का दुई जनामा त्यसैगरि २४, ३०, ३१ र ३४ वर्षका  दुईजना पुरुषमा संक्रमण पुष्टि भएको हो । एकजना संक्रमितको उमेर खुलेको छैन ।

सोमबार संक्रमण पुष्टि भएका सबै १० जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म २८ जनामा कोरोना संक्रमण मुक्त भएका छन् ।

अहिलेसम्म उदयपुरमा ३२, पर्सामा २७, बाँकेमा २४ तथा कपिलवस्तुमा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।